दफा ३१
प्रतिवेदन पेश गर्नु पर्ने

आफूले गरेको कामको वार्षिक प्रतिवेदन स्थानीय ज्येष्ठ नागरिक समितिले सम्बन्धित प्रदेश ज्येष्ठ नागरिक समिति र केन्द्रीय ज्येष्ठ नागरिक संमितिमा तथा प्रदेश ज्येष्ठ नागरिक समितिले केन्द्रीय ज्येष्ठ नागरिक समितिमा आर्थिक वर्ष समाप्त भएको मितिले दुई महिनाभित्र र केन्द्रीय ज्येष्ठ नागरिक समितिले आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पेश गर्नु पर्नेछ ।